लमजुङ्ग समाज युकेको समर पार्टी । 2018

लमजुङ्ग समाज युकेको समर पार्टी सम्पन्न ।
लेखक,
पूर्ण चन्द्र म्हिगीगुरुङ्ग
सचिव
लमजुङ्ग समाज युके
 
 
60 सञ्चै? 
हजुर सञ्चै छु । आफु नी?
ठिक्कै छु । उ 12 पनि आयो । ल आउ आउ यता ।
अहो 72 त चिन्नै नसक्ने भएछ ।
चिसो Beer खाउ सह्रै गर्मी भयो ।
मलाई त कहाँ पुग्छ र यो ले? Whisky लिनु पर्ला ।
तर म चही पानी पिउछु । मनले मागे पनि ज्यानले दिदैन ।Gastric, Pressure, Diabetes, Cholesterol सबै छ ।
अरुले खाएको सबै खाना मन लाग्छ तर अलि होश पुर्याएन भनि आफैलाई अपत्ती परिहाल्छ । पहिले लोभले खाएन, अहिले स्वास्थ्यले दिएन ।
72 त अझै जस्ताको तस्तै रहेछ । साँचै नानीहरु के के गर्दै छ? 
छोरा Doctor छ । छोरीले पनि Staff nurse पास गरेर काम गर्दैछ र ज्वाई पनि Doctor नै हुनुहुन्छ । तपाईंको नी? मेरो पनि छोरा Doctor नै छ ।
ए लौ बधाई छ । राम्रो भए छ । तर के गर्नु तपाईको जस्तो बिरामीलाई सुई दिने होइन मेरो त आफैलाई सुई हाल्ने पर्‍यो । छोरी पनि लाहुरेसंग बिहे भएको एउटा छोरी जन्मे पछी के भो के भो मिल्नै सकेन छुटेर बसेको छ ।तपाईको नी? मेरो त झन बेहाल छ । त्यसैले त बियरले नपुग्ने भएं त म । कुरा नकोट्याउ ब्यथा बल्झेर आउछ ।
लौ बरु जाउ न बिबिक्यु खाउ, अरु साथीभाई, इष्टमित्रहरु भेटौ, खेलकुद पनि हेर्न जाउ । ए उ 50 पनि आयो । सन्चै? आउ खाउ । के खाने? आरे सानो सानो नानीहरु रहेछ । नाती नातनीहरु हो?
आफ्नै हो नी 12, कान्छी तिर बाट । पहिलेकोले छोडेर गईन । बच्चाहरु पनि हुर्केर आ-आफ्नै बाटो लाग्यो । 
लिउ लौ ५० । के लिने? 
पानी लिनु पर्ला यार, गर्मी पनि छ, फेरी भरे Drive पनि गर्नु पर्छ ।
बाजे नमस्ते । लौ ढोगें ।
अशिर्बाद छ बाबु ।
सोल्टी नमस्ते! 
बाबु मामालाई नमस्ते गर अनि माइजुलाई पनि ।
ए बुढी आउ यता, उता ठाडो भाका सुन्न जाउ ।
बुढा उता दिदीबहिनीहरुको भलिबल हेर्न जाम्न ।
हुन्छ हुन्छ उता ठेलो पनि हेर्न जाउला । 
ए नम्बर्नी उता जाउ छोराहरुको फुटबल हेर्न । 
हुन्छ यता बुढाहरु पनि खेल्दै छ भेटेरन ग्रुपमा ।
 
यस्ता यस्तै बार्तालाप र गनथनहरु सुनिन्थ्यो । उमेर अनुसारका हुलका हुल मानिसहरु कहिले यता कहिले उता गरी रहेको देखिन्थ्यो गत शनिबार २८ जुलाई २०१८ का दिन Tomlinscote, School, Frimley को फराकिलो प्रणगन भित्र । लमजुङ्गे हुले त्यात्तिक्कै किन भन्थ्यो र? त्यहाँको दृष्यले ब्यवहारमै प्रमाणित गरी रहेको स्पष्टा देखिन्थ्यो । तर यो लमजुङ्गे हुले भएर कसै पनि खनिएको वा जाई लागेको दृष्य भने अवश्य होईन । यो त केवल एक अपासको एउटा माया, सदभाव, अत्मियता र भातृत्वताको एउटा गतिलो उदाहरण हो । पर्देशको माटोमा झाल्किएको घरदेशको माया हो । अझ भन्नु यो त एउटा भुगोलको मायाको प्रस्तुती हो । माटोको मायाको प्रस्तुती हो । लमजुङ्ग सित प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको नाताको प्रस्तुती हो ।
साताभरीको चर्को घामको प्रचण्ड तापले तताई सकेको मन, मस्तिष्का र बेलायती भुमी सायद भागवानको कृपाले होला त्यस दिन केही सेलाएको थियो । तर बिबिक्युको कालो धुँवा र तातो राप, बिबिध खेलकुदहरुमा भाग लिनेहरुको आफुले जित्ने चाप र कार्यसमितिका सदस्यहरु, पदाधिकारीहरु लगायत पुर्वाध्यक्षहरु र सल्लाहकारहरु साथै आमा समुहका अध्यक्ष लगायत कार्यसमितिका सदस्यहरु, तथा स्वंयम सेवकहरु सबै आफुले पाएको जिम्मेवारी बहन गर्दै कुदाकुद र पहुनाको सत्कारमा जुटेको देख्दा मौसमी ताप घटे तापनि जिम्मेवार ब्यक्तीहरुको ताप भने पक्कै पनि घटेको थिएन बरु अरु बढेको थियो ।
 
 
 
 
 
सुकिलो लुगामा suited, booted, fit and fine दाजुभाईहरु slimmed and trimmed चिट्टिक्क सजिएको स्वर्गको अप्सरा जस्तो दिदीबहिनीहरु, retired but not tired जेष्ठ नागरिक बाबाहरु र लमजुङ्गको भेषभुषामा सिंगारिएको आमाहरु, Smart दुनियाका Smart केटाकेटीहरु, कोही भरखरै सम्पन्न विश्व कपको समिक्षा गर्दै, कोही नेपालको राजनितिको चर्चा गर्दै, एकातिर फुटबलको रौनक, अर्को तिर महिला दिदीबहिनीहरुको भलिबल उत्तिक्कै रोचक, त्यस्तै ठेलो प्रेमी दाजुभाईहरुको घम्साघम्सी, कतै ठाडो भाकाको घन्किरहेको, कतै दोहोरी त कतै झ्याउरे रन्किरहेको । सांस्कृतिमा धनी जिल्लाको गहनाहरु घाँटु, सौराठी देखी कौडा र चुड्का पनि घन्कीरहेका थिए । त्यहाँको दृष्य हेर्दा लाग्थ्यो हामी लमजुङ्गकै कुनै गाउँको मेला वा बजारमा छौ रोदी घरमा छौ वा बन, पाखा, पखेरा र खेतबारीमा छौ । 
बिभिन्न खेलकुद, औपोचारिक कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रममा विभाजित गरिएको उक्त कार्यक्रमको संयोजन समाजको उपाध्यक्ष दल बहादुर गुरुङ्गले गरेको थियो । खेलकुद सचिव प्रेम राज गुरुङ्गको सँयोजकत्वमा विविध खेलकुदहरु आयोजना गरिएको थियो भने साँस्कृतिक सह- सचिव गीतकार तथा गायक कार साधुराम गुरुङ्गको सँयोजकत्वमा श्रीमती माला घलेले साँस्कृतिक कार्यक्रम सञ्चालनमा सह-उदघोषिका भएर साथ दिएका थिए ।
 
 
 
 
प्राय:जसो ढिलो शुरु गरिने नेपाली साँस्कारलाई अत्मासात गर्दै शुरु गरिएको औपोचारिक कार्यक्रममा अतिथीहरु नेपालबाट आउनु भएको भुपु गोर्खा तथा सफल ब्यवसयी तथा राजनितिज्ञ समाजसेवी श्री गर्ज बहादुर गुरुङ्ग र वहाँकी धर्मपत्नी श्रीमती मन कुमारी गुरुङ्ग, पुर्व प्राध्यापक तथा समाजसेवी श्री कोमल नाथ सुबेदी र वहाँकी धर्मपत्नी श्रीमती शोभा देवी सुबेदी र Holland बाट आउनु भएका समाजसेवी, NRNA Holland का पुर्व अध्यक्ष तथा हाल NRNAICC सदस्य श्री हिमाल गुरुङ्ग र वहाँकी धर्मपत्नी श्रीमती सब्बु गुरुङ्ग आदि हुनुहुन्थ्यो । सचिव गीतकार पूर्ण चन्द्र गुरुङ्ग (युनिल) ले सञ्चालन गरेको औपोचारिक कार्यक्रमको अध्यक्ष्यता समाजका अध्यक्ष श्री बोहत गुरुङ्गले गरेका थिए भने कार्यक्रम संयोजक श्री दल बहादुर गुरुङ्गले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा अतिथी गर्ज बहादुर गुरुङ्ग लगायत आमा समुहकी अध्यक्ष श्रीमती जुना गुरुङ्ग, नेपाली मेला संयोजक गत बर्षको श्री पर्शु गुरुङ्ग, यो बर्षको सल्लाहकार श्री पूर्ण राज गुरुङ्ग र सल्लाहकार तथा NRNA UK का उपाध्यक्ष श्री शेर बहादुर सुनार आदिले मन्तब्य दिएका थिए भने अध्यक्षको हातबाट अतिथिहरु लगायत यो बर्षभरीमा विभिन्न विधामा सफलता पाउनु हुने ब्यक्ती तथा ब्यक्तित्वहरु, समाजको दशौ बार्षिक उत्सावमा आर्थिक सहयोग गर्नु हुने ब्यक्तीहरु, नयाँ अजिवन सदस्यहरु, बिभिन्न खेलकुदमा र भाग्यशाली चिट्ठामा पुरुष्कार प्रायोजन गर्ने ब्यक्ती तथा संस्थाहरुलाई सम्मान गरिएका थियो । अन्तमा सबैलाई धन्यबाद दिंदै अध्यक्ष बोहत गुरुङ्गले कार्यक्रमलाई समापन गरेका थिए ।
 
 
 
 
 
अध्यक्ष बोहत गुरुङ्ग 1st & 2nd Prize (main football), आमा समुह 1st & 2nd Prize (veteran football), सल्लाहकार श्रीमती ईन्द्र गुरुङ्ग 1st Prize (women’s volleyball), सल्लाहकार चन्द्र प्रसाद गुरुङ्ग 2nd Prize (women’s volleyball), क्या. रन बहादुर गुरुङ्ग तथा परिवार छेलोको सबै पुरुष्कारहरू 1st & 2nd main र veteran दुवै र खेलकुद सचिव प्रेम राज गुरुङ्ग सर्वोत्कृष्टा खेलाडी  main football का लागि पुरुष्कारहरु प्रायोजन गरेका थिए भने भाग्यशाली चिट्ठामा Gurkha Kitchen, Aldeshot का भिम गुरुङ्ग, Auto Works, Blackwate का भोज गुरुङ्ग, Bhetghat Restaurant, Aldershot तथा NRNUK का उपाध्यक्ष तथा  सल्लाहकार शेर बहादुर सुनार, Momo Station, Aldershot का आमित गुरुङ्ग, सल्लाहकार पुर्ण राज गुरूङ्ग, WO2 हिरा गुरुङ्ग भाचोक, गम बहदुर गुरुङ्ग सानो काम्रे र सल्लाहकार श्रीमाती तारा गुरुङ्गले प्रायोजन गरेका थिए ।
 
 
 
 
 
खेलकुदमा यो बर्ष  Women’s Volleyball मा श्रीमती गुना गुरुङ्गको “C Team” ले प्रथम स्थान हासिल गर्न सफल भए भने श्रीमती माला घलेको “D Team” ले द्दितिय स्थानमा चित्ता बुझाउनु पर्‍यो ।  Football main तर्फ Ex भुपु सैनिक स्कुल, बेशीशहर विजेता बने भने उपविजेता FC Granze बने र FC Granze का पुकार गुरुङ्गले सर्वोत्कृष्टा खेलाडीको उपाधी चुमे । त्यसैगरी  Veteran मा TYC र Bagheta क्रमश: प्रथम र द्दितिय भए । ठेलो तर्फ यो बर्ष युवा समुहमा डाँडथोकका भुपाल गुरुङ्गले भालेको उपाधी चुमे भने गिलुङ्गको हिरा गुरुङ्गले पोथीमा चित्ता बुझाए । त्यस्तै बुढा समुहमा भने घेर्मुका तेज घले भाले भयो भने लगातर चार बर्षसम्म कहिले भाले कहिले पोथीको पोकारी बेर्दै आएको पसगाउँको कुल चन्द्र गुरुङ्गले यसपटक पोथीकै पोकारी बेरे । 
Free business joomla templates
web tracking