लमजुङको नाल्मामा श्रीमान र छोराको स्मृतिमा बनाईएको चन्द्र– विवेक स्मृतिगेटको उद्घाटन युवराज श्रेष्ठ। रेडियो मस्र्याङ्दी लमजुङको
नाल्मा ५ गैरी गाउँमा आज चन्द्र विवेक स्मृति स्वागत गेटको एक समारोहका विच उद्घाटन गरिएको छ । स्थानिय अन्नपुर्ण युवा क्लवका कोषध्यक्ष वुद्धिवहादुर गुरुङको अध्यक्षता तथा स्वागत गेटका संस्थापक भुवा कुमारी गुरुङ र गोपी गुरुङको विशेष आतिथ्यता रहेको थियो । साडे ६ लाख रुपैँयाको लागतमा निर्माण गरिएको स्मृतिगेट चन्द्रवहादुर गुरुङ र छोरा विवेक गुरुङको स्मृतिमा उहाँका श्रीमती भुवाकुमारी गुरुङ र दाजु गोपी गुरुङले स्थापना गर्नुभएको हो । स्वागत गेट सडकको मापदण्ड अनुसार आठ मिटर लम्बाई र १५ फिट उचाई रहेको छ । कुनै पनि संघ संथा र सरकारी सहयोग विना नै स्वागत गेट निर्माण गरेको भन्दै यस अघि नाल्मा पुगेका सरकारी अधिकारीहरुले प्रशंसा गरेका थिए । चन्द्रवहादुर र विवेक दुबै बाबुछोराको हङकङमा पिकनिकका क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको थियो । कार्यक्रममा गाविसका पुर्व अध्यक्ष जंगवहादुर गुरुङ, गाविस सचिव हितमान गुरुङ, अन्नपुर्ण माविका भुपु शिक्षक भिमवहादुर शाही, शिक्षक इन्द्रवहादुर गुरुङ, समाजसेवी मनिराज गुरुङ, टेकवहादुर गुरुङ, आईतामान वि.क लाङदी प्राविका शिक्षक वीरमान गुरुङ, खुन्द्रदेवी आमा समुहका सचिव त्रिकासी गुरुङ, अन्नपुर्ण आमा समुहका अध्यक्ष कमला गुरुङ लगायतले मन्तव्य राख्दै मृतक प्रति चिरशान्तिको कामना गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण स्थानिय शिक्षक राजु गुरुङ गर्नुभएको थियो ।