नाल्मा ५ गैरीगाउँमा स्थानियबासीको एकल लगानीमा स्वागत गेट निर्माण
युवराज श्रेष्ठ
लमजुङ ८ असोज
लमजुङको नाल्मा ५ गैरी गाउँका स्थानियले कुनै सरकारी सहयोग विना नै गाउँमा स्वागत गेट बनाएका छन् । स्वर्गिय चन्द्रबहादुर गुरुङ र उहाँको छोरा विवेक गुरुङको संझनामा परिवारले उक्त गेट निर्माण गरेका हुन् । सडकको मापदण्ड अनुसार आठ मिटर लम्बाई र १५ फिट भन्दा बढी उँचाईमा गेट निर्माण गरिएका छ । स्वर्गिय चन्द्रमानका परिवारले गेट निर्माण गर्नका लागी ६ लाख रुपैयाँ नगद स्थानिय अन्नपुर्ण युवा क्लबलाई प्रदान गरेको थियो ।
स्वर्गिय चन्द्रबहादुर गुरुङ र उहाँको छोरा विवेक गुरुङको हङकङमा पिकनिक खानेक्रममा समुन्द्रमा डुबेर निधन भएको थियो । क्लबको व्यवस्थापनमा गेट निर्माण गरिएको र दशैँ अगाडी नै उद्घाटन गर्ने तयारी भईरहेको अन्नपुर्ण युवा क्लब नाल्माका अध्यक्ष रविन्द्र गुरुङले बताउनुभयो । हालै नाल्मा पुग्नुभएका स्थानिय विकास अधिकारी विष्णुदत्त गौतमले समेत उक्त गेट निर्माणमा सहयोग गर्ने परिवार र स्थानियबासीको प्रशंसा गर्नुभएको छ । जिल्ला प्रवेश गर्ने भन्दा ठुलो र आकर्षक गेट निर्माण गरेको भन्दै विकास निर्माणमा स्थानियबासीले गरेको प्रयासमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ ।