लमजुडका तमूहरुले लमजुड समाज युकेका संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुडलाई बेसीशहरमा भब्य स्वागत तथा सम्मान गरिएको छ । ब्रिटिस भूपू सैनिक गुरुड ऐतिहासिक तमू सग्हालय व्यवस्थापन समितिका परम विशिष्ठ आजिवन सदस्य एवं तमु धि युकेका सल्लाहकार हुनुहुन्छ ।
बाग्लुडपानी ५ नजरे घर भै हाल बेलायतमा कार्यरत गुरुडले तमू सग्रहालय भवन निर्माणका लागि सामुहिक रुपमा सहयोग पु¥याएको भन्दै तमू संग्रहालय व्यवस्थापन समितिले स्वागत एवं सम्मान गरेको हो । सग्रहालयका अध्यक्ष प्रेम घले, कोषाध्यक्ष मिल बहादुर गुरुड लगायत तमू बुद्धिजिवि लालबहादुर गुरुड र रणजग घलेले उहाँलाई पगरी गुथेर तथा श्रीमति इन्दुलाई ढाका ओडाएर सम्मान गरिएको थियो । गुरुड लगायतका टोलिले बेलायतबाट सग्रहालयका लागि करिब ३७ लाख रुपैया सहयोग गरेका थिए् । आफ्नो जिल्लामा नयाँ पुस्ताका लागि इतिहास जोगाउने काम भएकाले सहयोग गरेको
उहाले बताउनुभयो । बेलायतमा रहेका उनीहरुले उत्तरी लमजुडको खुदीस्थित अमर उच्च माविलाई १२ लाख रुपैया सहयोग गरेका छन् । यस बाहेक गाउँ गाउँको समेत समूह बनेर गाउँको विजुली, खानेपानी, बाटो र विद्यालयको लागि सहयोग गर्दै आएको उहाँले बताउनुभयो । हाल बेलायतमा समेत सामुहिक भवन नहँुदा समस्या भएकाले ५ बर्षभित्रमा बेलायतमै सामुदायिक भवन स्वरुप लमजुड दरबार खडा गरिने उहाम्ले बताउनुभयो ।