Articles

हार्दिक बधाई Mr Udip and Mrs Anjila Gurung

श्री तिर्थामान गुरुङ्ग

श्री सुजन गुरूङ्ग & .श्रीमती सुजन गुरुङ्ग

श्री सुजन गुरूङ्ग & .श्रीमती सुजन गुरुङ्ग

LSUK Winter party 17 Nov 2018

हार्दिक श्रद्दाञ्जली श्री मणी राम गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली
जन्म : 1 Jan 1944
स्वर्गारोहण : 16 May 2018
आरू बोट, दोर्दी गाऊँ पालीका लमजुङ्ग घर भई हाल Houslow बस्दै आउनु भएका लमजुङ्ग समाज युकेको  सदस्य नं ६१८ Army No: 21153509  1/6 GR श्री मणी राम गुरुङ्गको  आफ्नै निवास  Houslow मा  ७४ बर्षको उमेरमा Wednesday 16 May 2018 मा भएको असामयिक निधनको खबरले लमजुङ समाज युके स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । 
बोहत गुरुङ्ग
अध्यक्ष तथा
लम्जुङ्ग समाज यु.के. परिवार

सुश्री डा. अमिता गुरुङ्गको डा. रोबिन गुरुङ्ग

 
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
 
माज गाउँ लम्जुङ्ग घर भई हाल फेल्थहम युके निवासी लम्जुङ्ग समाज युकेका आजीवन सदस्य श्री कविराज गुरुङ्ग तथा श्रीमती तारा गुरुङ्गका आयुष्मती सुपुत्री सुश्री डा. अमिता गुरुङ्गको, डा. रोबिन गुरुङ्ग संग हालै बैबाहिक बन्धनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लम्जुङ्ग समाज युके परिवार I

Ambassador Cup दोश्रो पटक पनि लमजुङ समाज युकेको हातमा

Ambassador Cup दोश्रो पटक पनि लमजुङ समाज युकेको हातमा
हाम्रो सँस्कृति, हाम्रो पहिचान र हाम्रो परम्परा नै हाम्रो गौरव हो र गर्व पनि गर्नु पर्दछ भन्ने नाराका २००७ सालमा श्री चन्द्रप्रसाद गुरुङको सक्रियतामा लमजुङ समाज युकेको स्थापना भए पश्चात् यो समाजले बिभिन्न कार्यक्रममा सहभागी भईरहेको कुरा सर्बबिदितै छ । जहाँ लमजुङ समाज हुन्छ त्यहाँ लमजुङ जिल्लाको नाम अग्रपंक्तिमा सजाउने बानी लमजुङेको हुन्छ भन्ने तथ्य उक्ति यसै पृष्टको शिर्षकले छर्लङ पार्दछ । लमजुङे हुनुमा गर्व गर्न पनि किन कञ्जुस्याँई गर्नु ! लमजुङ हिमालको काखमा रहेको, यस जिल्लाको बिभिन्न स्थानबाट पनि अन्न्पूर्ण र माछापुच्छ्रे हिमालको माया पाईरहने जिल्ला, जहाँ विभिन्न जात जातीहरुको बसोबास सँगसँगै विभिन्न मौलिक रितीरिवाज, संस्कृति र परम्पराको धनी जिल्ला, लेक, पहाडी क्षेत्र हुँदै बेसीमा फाँट जस्ता धरातल भएको जिल्ला भौगोलिक हिसाबले पनि अति सुन्दर जिल्लामा जन्मी हुर्की आज हामी यस कर्म भूमिमा पनि उही जिल्लाको नामले हिप हिप हुरे गर्न पाउँनु कति भाग्यमानी छौं हामी ।

Read more...

Lamjung BBQ Party

Lamjung Aama Samuha

<iframe width="200" height="200" src="https://www.youtube.com/embed/A3Q20L5rpbA" frameborder="0" allowfullscreen></iframe>

लम्जुङ समाज युकेले AMBASSADOR CUP 2016 हात पारे

लम्जुङ समाज युकेले AMBASSADOR CUP 2016 हात पारे

 

सदा झै यस वर्ष पनि तमु धी युकेले उपाध्यक्ष श्री नन्दजङ गुरुङ्को सङ्योजकत्वमा नेपाली मेला २०१६ AMBASSADOR CUP आयोजना गरिएको थियो । हामी नेपाली बहु जातीय र बहुभाषीय भएको हुनाले स्वजातियमा आधारित हाम्रो परम्परा, सस्कृती , रितीरिवाज्, पहिचान यथावत छन । हामी नेपाली जन्मभूमी छाडेर बिदेशिएका छौ बिबिध कारणले । तसर्थ हामी जुन मुलुकमा भएपनि हाम्रो भाबी सन्तानलाई हामी को हौ र हाम्रो परम्परा के हो भनि चिनाउदै यसलाई यथावत कायम राख्नु पर्दछ र यसको सम्रक्षणा गर्नु जरुरी छ भन्ने नारालाई मध्य नजर राख्दै हरेक बर्ष यो मेलाको आयोजना गरिदै आईरहेको छ । तसर्थ उक्त मेलामा युकेमा आवस्थित विभिन्न सङ संस्थाहरुको सहभागिता थियो यस मेलामा । लमजुङ समाज युकेले पनि आफ्नो पहिचान प्रस्तुत गर्न सहभागी भए ।

भौगोलिक दृष्टीकोणले लमजुङ जिल्ला मध्य पश्चिमान्चल गण्डकी अन्चल को मध्य भागमा लमजुङ हिमालको काखमा रहेको अति सुन्दर जिल्ला त्यसै माथि गाउशहरमा आवस्थित लमजुङ दरबार जस्ता प्राचीन सम्पदा रहेको बिभिन्न जात जातीले बसोबास गरेका बहुभाषीय प्रयोग गरीएका र आफ्नो छुट्टै पहिचान रितीरिवाज परम्परा र सस्कृतीको धनी जिल्लाबासी जो बेलायतमा बिभिन्न क्षेत्रमा बसोबास गर्दै आएका जना समुहको एक सस्था हो लमजुङ समाज युके जसको स्थापना ईबी २००७ सालामा सस्थापक अध्य्क्ष श्री चन्द्रप्रसाद गुरुङको अग्रसरतामा स्थाप्ना भए यता विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन भने यस पाली पनि विभिन्न बिधाको साथमा सहभागी भए लमजुङ समाज युके ।

सन्दर्भ हो AMBASSADOR CUP 2016 को । सर्ब सम्मतीको मन्जुरीमा लमजुङ समाजको नेतृत्वमा समाजका सल्लाहकार तथा ईलम पोखरी समाजका अध्य्क्ष श्री पूर्णराज गुरुङ सङ्योजकमा समाजको कार्यकारिणी सदस्य तथा ईलम पोखरी समाजका सचिव परशु गुरुङ अनि समाजका सल्लाहकार श्रीमती तारा गुरुङ लाई सह सङ्योजकमा छानिए ।

बेलायतको दैनिकी ब्यस्त जीवनमा फुर्सद्को समय निकाल्नु भन्नु दिनभरी बल्छी खेलाई बिलुका एउटा फिष्ट माछा ल्याए जतिकै हो । तैपनि विभिन्न निजी कामलाई पन्छएर नेपाली मेलामा सबैको ध्यानाकर्षित भयो बिभिन्न बिधाको तालिमको लागि । विभिन्न स्थानमा बसोबास गर्ने ब्यक्तिहरुलाई जम्मा गराउनु कम गाह्रो थिएन । विशेष अग्रज बाबा आमाहरुको लागि । तैपनी सम्योजकको अग्रसरतामा हाम्रो नियमित तालिम पूरा भएरै छाड्यो । त्यस्तै गरी मेलामा प्रदर्शन गरीने सामाग्रीहरु जुटाउने त्यतिकै समस्या थियो । सम्योजक पूर्ण गुरुङ्को आफ्नै कृयशिलता र अग्रसरतामा प्राय: धेरै जसो सर सामन यही नै तयार गराइयो भने कति सामन नेपाल बाट रबी गुरुङ र योकुमारी गुरुङ्ले ब्यवस्था गर्नु भइ यहाँ पठाउनु भएको थियो ।

मेला को अघिल्लो दिन अथवा २७ तारिक सबै जना ब्यस्त थिए भोली पल्ट्को सामाग्री तयार पार्न । अगष्ट २८ तारिक आईतबार २०१६ का दिन निर्धारित समय अनुसार ११ बजे तिर KEMPTON RACE COURSE LONDON मा सबैजना आईपुगे विभिन्न भेषभुषा, गरगहणा र जातीय पहिरानमा सज्जिएर आआफ्नो बिधामा रमाउन थाले गीत गाउन थाले, नाच्न थाले, माद्ल डम्फु खैचडी बजाउदै को केटाकेटी को तन्नेरी को बयस्क को बृद्दा सबै लमजुङे को पहिचान बोकेर आफ्नो प्रस्तुती को प्रतिक्षामा । मौसमको प्रतिकुल र बिभिन्न प्राबिधिकको गडबडीले गर्दा निर्धारित समयमा कार्यक्रम शुरु हुन नसके पनि सबै जना अनेक उमङ्ग र उत्सुक्ता बोकी सबै जना धैर्य भएरै बसे । प्रदर्शन को क्रममा लमजुङ समाज को पालो क्रम सन्ख्या ४ मा परेको थियो ।

सङ्योजक को जानकारी अनुसार सबैजना सम्पूर्ण सामाग्रीहरुका साथ तम तयार भए लमबद्द रुपमा 
उद्घोषक सूर्य गुरुङ्ले मीठो पारामा लमजुङ समाज युकेको झाकी प्रस्तुतिको उद्घोषणा गराउनु भए पश्चात सम्योजक श्री पूर्णराज गुरुङले मन्चबाट लमजुङ जिल्लाको परिबेष तथा झाकी प्रदर्शण बारेमा छोटो समयको अवधीलाई मनन गर्दै सबै बिधालाई समेट्दै मीठो पारामा परिचयात्मक मन्तब्य दिदै हुनुहुन्थयो भने यता “लमजुङे हुले” भन्ने कथनलाई प्रमाणित गर्दै सयौको सन्ख्यामा क्रमबद्द पङ्क्तिमा गाउले परिवेषमा दैनिकी जीवनमा प्रयोग गरीने सामाग्रीहरु हलो, जुवा, दाते, ल्यङा, कुटी, कोदलो, बन्चरो, घुम, राडी, पाखी, ठेगी, पुङ्ग, पुचाई, ढिकी, झातो, डालो, नाङ्लो, चाल्ना, सारङ्गी, फुर्लुङ्ग, डोको, नाम्लो, थुन्छे, घास, दाउराकासाथ बालक, बालिका र युवाहरुले दाया बाया नेपाली झण्डा र बेलायतको झण्डा बोकी लमजुङ समाज युकेको ब्यानरको साथमा प्रदर्शणी प्राङ्गणमा निर्णायक बर्ग र हजारौ सङ्ख्यामा दृस्यावलोकन गरीरहनु भएका दर्शकको सामुमा प्रवेश भए लमजुङ समाज युके । प्रदर्शणमा सोरठी (कृष्ण चरित्र), बाह्रमासे, घाटु, नाच, स्यार्का, तीजको, नाच, देउबहादुर दुराले सुरुवात गर्नुभएको र भेडीखर्के साइला (दिर्गराज अधिकारी) ले निरन्तरता राख्दै आउनु भएको र श्री धनबहादुर गुरुङ र वहाँकी धर्मपत्नी श्रीमती काशीदेबी गुरुङ्को सम्योजक्त्वा र अग्रसरतमा ठाडो भाका प्रस्तुती भयो भने ईन्द्र गुरुङ र धन गुरुङ (नाल्मा) को अग्रसरता र सम्योजक्त्वमा छोटो कदकी छोरी सुश्री पुनमको उत्कृष्ट चुड्का नृत्यले साचीनै दर्शकको मन मुग्ध बनाए । उदघोषकको निर्देशण अनुसार र समयको अवधी पनि सकिएको हुँदा प्रदर्शण स्थलबाट बिदा लिए लमजुङ समाज युकेले अर्को प्रस्तुतीमा आउने बाचा राख्दै ।

अब पालो आयो नृत्य प्रतियोगिताको । नृत्यमा पनि क्रम सन्ख्या ४ मै परेको रहेछ लमजुङ समाज युके । निकै समयको पर्खाई पछाडि सूर्य गुरुङ को उद्घोषणा पश्चात लमजुङ समाज युकेको सोरठी नाच प्रस्तुत भयो हजारौ दर्शकको सामुमा जोर मादल घन्काउदै । फुर्सुङेमा धन गुरुङ मरुनीहरु बिकेन्द्र गुरुङ र ईश्वर गुरुङ त्यस्तै गरी मादलमा लेखमान गुरुङ, गजबहादुर गुरुङ, रुद्र गुरुङ र गमबहादुर गुरुङ को उत्कृष्ट नृत्यको प्रस्तुतीले दर्शकबर्ग र निर्णायक बर्गको मन मोहक बनाउदै सोरठी टीमले सबैलाई अन्तिम सलाम गरी बिदा लिए मन्चबाट ।

कार्यक्रमको अन्त तिर आइपुगे चिट्टाको परिणाम शुरु भयो र प्रथम पुरुषकार लमजुङ समाज कै सह सम्योजक श्रीमती तारा गुरुङ्ले हात पार्नु भयो । त्यसपश्चात AMBASSADOR CUP को नतिजा उद्घोषणा गराउन उद्घोषकज्युहरु अतुर थिए भने दर्शक बर्ग पनि त्यतिकै कौतुहलमा थिए त्यो कप कसले उचाल्ने भनेर । सूर्य गुरुङ्ले नतिजा Reverse Order मा सुनाउने जानकारी गर्नु भयो । नृत्यमा दोश्रो स्थानमा सोनपाल समाज युके को नाम लिनु भयो । कौतुहलपूर्ण उद्घोषणामा सूर्य गुरुङले नृत्य प्रस्तुतिमा प्रथम स्थान ओगट्ने लमजुङ समाज युके को नाम घोषणा गर्नु भयो । त्यस्तैगरी झाकीमा दोश्रो स्थानमा मगर समाज युकेको नाम लिनु भयो भने झाकीमा प्रथम स्थान ओगट्ने लमजुङ समाज युकेको नाम लिन सूर्य गुरुङले कति पनि कन्जुस्याई गर्नु भएन । समग्रमा नेपाली मेला २०१६ को दोश्रो स्थान अथवा दोश्रो पुरुष्कार हात पार्न सोनपाल समाज युके सफल भए भने मीठो पाराले उद्घोषक सूर्य गुरुङले नेपाली मेला २०१६ को AMBASSADOR CUP को बिजेता लमजुङ समाज युकेको नाम लिनु भए पश्चात तमुधी युकेका अध्यक्ष श्री सूर्य गुरुङ (रामचन्द्र) र नेपाली मेला २०१६ का सङ्योजक श्री नन्दजङ गुरुङले AMBASSADOR CUP 2016 लमजुङ समाज युकेका सङ्योजक श्री पूर्णराज गुरुङ्लाई हस्तान्तरण गर्नु भयो । र सम्पूर्ण मेला सहभागीहरुको साथमा लमजुङ समाज को नाम HIPHIP HURRAY गरियो फूलका गुच्छाहरु छरियो दर्शक बाट बधाईको ताली गुन्जियो AMBASSADOR CUP मा लमजुङ समाज को नाम लेखियो नेपाली मेला २०१६ को बिजेता भनेर एउटा ईतिहास बनेर ।

सङ्योगबस लमजुङ समाज युके सबै प्रस्तुतिमा क्रम सङ्ख्या ४ मा परेको एउटा शुभ सङ्केत हो भन्नु मा अत्युक्ती नहोला । केही महिना अगाडि मात्र बसेको चौथो अधिबेशनले चौथो कार्य समितीको चयन गरियो जसमा बर्तमान अध्यक्ष लमजुङ समाजको चौथो अध्यक्ष पनि हुनुहुन्छ । चिट्टामा प्रथम पुरुष्कार्, नृत्यमा प्रथम झाकीमा प्रथम अनि AMBASSADOR CUP को बिजेता गरी ४ प्रथम पुरुष्कार हात पार्न सफल भए लमजुङ समाज युके ।
Practice session तथा नेपाली मेलाका दिनमा खाजा भुजा जलपान पेया पदार्थ को ब्यवस्था गर्नु भएका साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा भौतिक आर्थिक नैतिक सल्लह सुझाव दिनुहुने समाजका अध्य्क्ष उपाध्य्क्ष कार्यकारिणी पदाधिकारीहरु अनि सल्लहकारहरु तथा सम्पूर्ण दाजुभाई दिदी बहिनी, बाबा आमा, नानीहरु सबैलाई धेरै धन्यवाद दिन चाहन्छु । नामै लिनु पर्दा बोहत गुरुङ्,(अध्यक्ष्), बिश्वजङ गुरुङ (उपाध्यक्ष्) दल गुरुङ्, (उपाध्यक्ष्) चन्द्र गुरुङ्, (उपाध्यक्ष्) क्याप्टेन देब घले (सल्लहकार) मोहन्सिङ गुरुङ्, (सल्लहकार) तुला गुरुङ्, (सल्लहकार) लेप्टेन बिष्णु गुरुङ (सल्लहकार) लेप्टेन मदन गुरुङ्, (सल्लहकार) डमर गुरुङ् (सल्लहकार) बिधान गुरुङ्, (A/Secretary) सुरेन्द्र घले (Treasurer) बुद्दिराम गुरुङ्, जित गुरुङ, दिदी बहिनीहरुमा जमुना गुरुङ लक्ष्मी गुरुङ्, नन्दा गुरुङ्, माला घले, लक्ष्मी गुरुङ्, (चेर्जङ्) लक्ष्मी गुरुङ् (मोती), रुपा गुरुङ्, मनिता गुरुङ्, जुना गुरुङ (अध्यक्ष आमा समुह) ईन्द्र गुरुङ (सल्लहकार) सनमाया गुरुङ्, तारा गुरुङ (सह सङ्योजक /(सल्लहकार) का साथमा कसैको नाम छुटिन गएमा माफी माङ्दै सबैलाई धेरै धेरै धन्यबाद दिन चाह्न्छु । यहाँहरुको सहयोगले नै यो बिजय प्राप्त भएको हो भन्नु मा म हिच्किचाउदिन ।

अन्तमा यो उपाधी हात पार्नुमा सङ्योजक पूर्णराज गुरुङको ठूलो भूमिका र योगदान रहेकोछ । म यसलाई शब्दमा ब्याख्या गर्न असमर्थ छु । समाजको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट वहाँलाई धेरै धेरै धन्यवाद छ । यो सफलता मिलेकोमा हामी युके बासी लमजुङे मात्र नभएर स्वदेश तथा बिदेशमा रहनु भएका लमजुङे सम्पूर्ण ईष्टमित्रहरुको लागि गर्ब को बिषय हो ।
**** जय लमजुङ समाज युके ****

प्रस्तुत कर्ता: परशु गुरुङ 
सह सङ्योजक तथा कार्यकारिणी सदस्य
लमजुङ समाज युके

Free business joomla templates
web tracking